स्वास्थ्यकर्मी भण्डारीले बाटोमै पुगेर बिरामीको उपचार


बाजुरा , कार्तिक २१ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्यकर्मी बाटोमै पुगेर बिरामीहरुको उपचार गर्ने गरेका छन । भौगोलिक हिसाबले दुर्गम ठाँउ मानिने हिमाली गाउँपालिका वडा नम्बर २ बस्ने नातीखोला घर भएकी आईतु कला बुढा कवाडी बजारबाट सामान बाेकेर रुम्दी र क्युडीको बिचको रुम्दी खोलाको डाँडोमा रक्तश्राव र पेट दुखेर बाटोमा अलपत्र अवस्थामा हुनुहुन्थ्यो । उहाँ करिब चार महिनाको गर्भवती महिला हुनु हुदोरहेछ ।
आफू यात्रा क्रममा हिड्दा बिच बाटोमा बिरामी महिला भेट्नी । आफु संग औषधि केही नहुदा क्युडी आधारभूत स्वास्थ्य सेवा केन्द्र गएर औषधि लगेर त्यहाँ गर्भवती महिला बिरामी भएको ठाउँमा पुग्यौं । बिरामी महिलालाई सबै चेकजाँच संगै उपचार गरिएको स्वास्थ्यकर्मी शेरबहादुर भण्डारी बताउनुभयो । औषधि गरिसकेपछि त्यसपछि त्यहाँबाट बिरामी बोकेर हामीले क्युडि आधारभूत स्वास्थ्य सेवा केन्द्रमा थप उपचार गरियो ।
उहाँको अवस्था एकदम राम्रो छ । उहालाई बोकेर स्वास्थ्य सम्म सहयोग गर्ने क्युडि बासीहरुलाई धेरै धन्यवाद दिएका छन । यस्ता बिरामी धेरै भेटिन्छन् । धेरैको औषधि गरेर सन्चो पनि बनाउने काम गरेको छ । भौगोलिक विकट कारणले कुनै बस्ती सडक पहुँच पुगेको छ भने कुनै ठाउँ सडक संजाल जोडिदै छ । एक बस्ती बाट अर्को बस्ती पुग्न २/३ घण्टा लाग्ने भएको समस्या भएको हो । हाल अहिले आफू हिमाली गाउँपालिका -५ क्युडी आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रूपमा काम गर्दै आइरहेको स्वास्थ्यकर्मी भण्डारीले बताउनुभयो ।























