रुकुम पूर्व लुगुमको पञ्चासेमा अटो दुर्घटना, दुई जनाको मृत्यु

नवलपुर टुडे


रुकुम पूर्व । रुकुम पूर्व जोड्ने भुमे गाउँपालिका–१ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हिजो बेलुका भुमे–१ स्याबालस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत लुगुम–पाटी हाल्ने सडक खण्डमा लुगुमबाट बराहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो।
दुर्घटनामा लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर र २५ वर्षीया फिसोल्टी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। मृतक दुवै एउटै घरकी जेठानी–देउरानी हुन्।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूमा लुगुमकै २६ वर्षीया प्रतीक्षा बुढा मगर, उनका ११ महिनाका छोरा सुभम बुढा मगर, २५ वर्षीया ब्युटी पुन मगर, उनकी २३ महिनाकी छोरी समृद्धि पुन मगर, र ३ वर्षका सक्षम घर्ती मगर रहेका छन्। घाइते सबैलाई जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















