वैशाखयता चार हजार ६०० विपद्जन्य घटना, ३३५ जनाको मृत्यु

रासस


काठमाडौं । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएको छ । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबार (कात्तिक १५)सम्म ३३५ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् । एक हजार २६४ जना घाइते भएका छन् ।
बाढीका मात्रै ३१६ घटना हुँदा ३७ को मृत्यु र २७ जना बेपत्ता भएका छन् । पहिरोका ५५० घटना हुँदा ६७ को मृत्यु र चारजना बेपत्ता भएका छन् । चट्याङका ३५६ घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । सर्पदंशका ५३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।
जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता भएका छन् । लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।
भारी वर्षाका ४२० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा आठजनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिइन् ।
हिउँपहिरोमा परी नौजना बेपत्ता भएका प्राधिकरणले जनाएको छ ।
शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुईजनाको मृत्यु भएको छ । विपद्जन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















