कोल्टी बाट धनगढी जाँदै गरेको बस दुर्गघटनामा ६ जना घाइते

उमेश रोकाया


बाजुरा, कात्तिक १५ । बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –७ को सेरकाटिया नजिक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
बुढीनन्दा नगरपालिका –१ को कोल्टी बसपार्क देखि मार्तडी हुँदै धनगढी जान लागेको सुप्र ०१००१ ख ३१८१ नम्बरको बस सडकमै पल्टिदा चालक सहित पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा बडिमालिका –७ का ४२ वर्षिया शंकरराज सार्की ३२ वर्षिया जयराज जैशी , बुढीनन्दा –१ का ५३ वर्षिया सेते लुहार ५३ वर्षीया जङ्गबीर सार्की र ४४ वर्षिया जयलाल विक र गौमुल गाउँपालिका –६ का २१ वर्षिया चालक तुलाराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाईतहरुलाई अहिले उपचारका लागि कोल्टी आधारभूत अस्पतालमा लिएर उपचार भइरहेको छ । घाईतको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी गगन भाटले बताउनुभयो ।
बाटो साँगुरो भएका कारण बस दुर्घटना हुन पुगेको हो । बस दुर्घटना हुँदा अहिले पाँच जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि बुढीनन्दा नगरपालिका –१ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पतालमा लिएको सुदूरपश्चिम यातायात बाजुराको उद्धार समिति सदस्य रामचन्द गिरीले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















