हिमालीमा चोरी निकासी जडिबुटी जफतका लागि आवश्यक सहयोग अनुरोध

उमेश रोकाया


बाजुरा , कार्तिक १४ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका चोरी निकासी हुन लागेका जडिबुटी जफतका लागि आवश्यक सहयोग गरिदिनहुन अनुरोध गरेको छ ।
हिमाली गाउँपालिका अन्तर्गत पर्ने वडा नं. १ र ३ मा रहेको विभिन्न किसिमका बहुमूल्य जडिबुटीहरु अनियमित तरिकाले उत्खनन गरि वडा नं. १ को मैर्ताना र वडा नं. ३ नेतीखोला बाट मासपुर हुम्ला हुँदै चोरी निकासी भईरहेको भन्ने विभिन्न माध्यमबाट जानकारी भएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताउनुभयो ।
उक्त स्थानमा निगरानी गरी हिमाली गाउँ कार्यपालिकाको आर्थिक ऐन अनुसारको राजस्व संकलनका लागि आवश्यक सहजिकरण गरिदिन वडा कार्यालय आग्रह गरेको छ ।
मिति २०८२/०६/१० गतेको कार्यपालिकाको निर्णय अनुसार विभिन्न किसिमका कुनै पनि सिमा पार चोरी निकासी हुन लागेका जडिबुटी जफतका लागि आवश्यक सहयोग गरिदिनहुन अनुरोध गरेको अधिकृत थापाले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















