ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

रासस

सारांश
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।
स्थानीय बासिन्दाले वर्षौँदेखि साक्षात् देवीका रूपमा यहाँ पूजाआजा गर्दै आएका छन् । विशेषतः गरी यहाँ साउन महिनाबाहेक वर्षभरि हरेक सोमबार पञ्च बलि पूजा हुने गरेको स्थानीय राजकुमार राईले बताए । “यो जिल्लाको प्रसिद्ध धार्मिकस्थल हो । देशका विभिन्न ठाउँबाट भक्तजन पञ्च बलि पूजा गर्न आउँछन्, तर यसको प्रचार–प्रसार हुन सकेको छैन । ओझेलमा छ”, उनले भने ।
मन्दिरका पुजारी कुलबहादुर नाछिरिङ राईका अनुसार सरकारी जागिर पाउने, विदेश जाने वा कुनै ठूलो काम सफल होस् भन्ने भाकलका साथ धेरैले यहाँ पूजा गर्ने गरेका छन् । सोमबारको दिन यहाँ भक्तजनको भीड लाग्ने गरेको बताए ।
जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको सक्रियतामा संरक्षण गरिएको सत्यदेवी मन्दिर संरक्षण समितिले जनाएको छ । पुरातत्त्व विभागबाट रु सात लाख र प्रदेश सरकारबाट रु १० लाख विनियोजन भई मन्दिर संरक्षणसँगै धारा, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।
भक्तजनको सुविधाका लागि स्थानीयले छवटा पाटीपौवा निर्माण गरेका छन् । धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यस देवस्थल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















