इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

रासस
२०८२ कार्तिक १२ | बिहान ११:०७ बजे

काठमाडौँ, कात्तिक १२ । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गर्नुभएको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

















