ग्रामीण गतिशील समुह र बुढिनन्दा-६, कोटिला द्वारा देउसी कार्यक्रम सम्पन्न

उमेश रोकाया


बाजुरा , कार्तिक ५ । , ग्रामीण गतिशील समुह बाजुरा र बुढिनन्दा नगरपालिका –०६, कोटिला द्वारा देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । काठमाडौ देउसी भैलो कार्यक्रममा संकलन गरिएको रकम सामाजिक विकास तथा सुधारका काममा पारदर्शी रूपमा खर्च गरिनेछ ।
कार्तिक ३ गतेदेखि ५ गतेसम्म तिहारको पावन अवसरमा बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका -५ कोटिला गाउँमा बसोबास गर्दै आएका हाल काठमाडौँलाई कर्मथलो बनाएका सदस्यहरूको सक्रिय पहलमा सफलतापूर्वक देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
यस कार्यक्रममा संस्थाका सदस्य, स्थानीय समुदाय, समाजसेवी, शुभेच्छुक तथा बाहिरबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सल्लाह र सुझाव प्रदान गर्ने सम्पूर्ण सहयोगी मनहरू प्रती संस्थाको तर्फबाट हृदयपूर्वक धन्यवाद दिएका छन । /सबैको साथ, समर्थन र सल्लाह नै हाम्रो मार्गदर्शन हो” ‘यिनै प्रेरणाले हामीलाई सामुदायिक एकता,सामाजिक दायित्व र गाउँको विकासप्रति समर्पित बनाएको छ ।’
देउसी भैलो कार्यक्रमबाट संकलन रकम पूर्ण रूपमा बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका –६, को सामाजिक विकास तथा सुधारका काममा पारदर्शी रूपमा खर्च गरिने जनाएको छ । सबै सहयोगी सहभागी सदस्य र शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरेको छ ।
आगामी दिनहरूमा पनि यसरी नै साथ, सद्भाव र सहकार्यको निरन्तरता रहोस् भन्ने कामना गरिएको छ । तिहारको यस उज्यालो पर्वले हाम्रा परिवार, गाउँ र देशमा सुख, शान्ति,समृद्धि र एकताको ज्योति फैलाओस् यही शुभेच्छा व्यक्त समेत गरेको आयोजकले जनाएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















