बाजुरामा २ सय बढी नयाँ मतदाता थपिए

उमेश रोकाया


बाजुरा, कार्तिक ४ । बाजुरामा २ सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार २०८२ असोज १० देखि कार्तिक २ गतेसम्म २ सय ३१ जना नयाँ मतदाता थपिएका हुन् ।
जिल्लामा करिब २२ दिनको अवधिमा ८८ महिला र १ सय ३३ गरी २ सय २१ जना र कार्तिक २ गते १० जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख अंगत महतले जानकारी दिए । त्यस्तै, उनले मतदाता नामावली दर्ता गर्न कम्तिमा २८ दिन मात्रै बाँकी रहेकाले समयमै कार्यालयमा आएर नाम दर्ता गर्न आग्रह गरेका छन् । जिल्लामा हाल ८६ हजार बढी मतदाता संख्या रहेका छन् ।
निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो । आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी यहीँ कात्र्तिक ३० गतेसम्म मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । भने १६ बर्ष उमेर पूरा भएर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् ।
यस्तै, निर्वाचन आयोगले शनिवार र सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता, बायोमेट्रिक तथा ठाउँ सच्याउने काम गर्दै आएको छ । भदौ २३ गतेको जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















