बेलौरीका आचार्य सामुदायिक वनमा मृत अवस्थामा फेला

रासस
२०८२ कार्तिक ३ | मध्यान्ह ०३:०७ बजे

कञ्चनपुर, कात्तिक ३ । बेलौरी नगरपालिका–५ बन्तरियास्थित पुष्पलाल सामुदायिक वनमा ६५ वर्षीय श्रीप्रसाद आचार्य मृत अवस्थामा फेला परेका छन् ।आज बिहान बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा स्थानीयवासीले बेवारिसे अवस्थामा साइकल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शवको अवस्था हेर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको छ । शवको सनाखतपछि मृतक कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–३ बुटाबारी निवासी रहेको खुल्न अएको छ । मृतकका छोरा निर्मल आचार्यले शवको पहिचान गरेका हुन् । घटनास्थलमा प्रहरी टोलीले आवश्यक मुचुल्का उठाइ शवलाई परीक्षणका लागि पठाएको छ ।


















