Opens in a new tab

सुन भन्दै ७१ लाखमा फलामको ढिक्का देखाएर बेच्ने गिरोह पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

प्रहरीका अनुसार गत असोज २३ गते पीडित महिलालाई सुनको लोभ देखाएर ११ लाख रुपैयाँ नगद र ६० लाख रुपैयाँको चेक लिएर उनीहरू फरार भएका थिए। घटनाको सूचना पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा असोज २९ गते काठमाडौंको सुन्धारास्थित ध्रुव पाटन होटलबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-६ का ६० वर्षीय कर्ण ध्वज लिम्बु, धनकुटाको चौबिसे गाउँपालिका-४ का ५९ वर्षीय मान बहादुर सुवेदी र ताप्लेजुङकै मैवाखोला गाउँपालिका-६ का ४० वर्षीय विरेन भन्ने राम लिम्बु रहेका छन्। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये कर्ण ध्वज लिम्बु यसअघि पनि ठगी मुद्दामा धरौटीमा छुटेको र मान बहादुर सुवेदी ठगी मुद्दामै फरार रहेको खुलेको छ।

उनीहरूको साथबाट प्रहरीले कालो-पहेंलो लेप लगाइएको ३ थान धातुका ढिक्का, सिद्धार्थ बैंक लिमिटेडको ६० लाख रुपैयाँको चेक १ थान र ४ थान सिम कार्ड बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट ठगी कसुरमा अनुसन्धानका लागि आठ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

1760886811 0