कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

रासस


मुस्ताङ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ मा रहेको सेतोखोलामा मोटरबल पुल निर्माण भएको छ।बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले २५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो। पुल निर्माण भएपछि सेतोखोलामा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले रु छ करोड ३५ लाख ७९ हजार ६९६ को लागतमा ११ मिटर फराकिलो (आरसिसी) प्रविधिको पुल निर्माण भएको जानकारी दिए। उनका अनुसार २०८० साल असार ११ गते ठेक्का सम्झौता गरेको हिमालयन ताण्डपेश्वर जेभीले निर्धारित समयभन्दा एक महिना अघि पुल निर्माण सकेको हो।
प्रतिकूल भूगोल र मौसमको बाबजुद समयतालिका अनुसार मजदुर, उपकरण परिचालन र निर्माण सामग्री परिचालन गरेर निर्धारित समयभित्रै पुल निर्माण गरेको कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताए।
‘बर्खामा दिउँसो १२ बजेपछि पानी र हिउँदको चार महिना चिसो हुने लेतेमा सम्झौतालगत्तै चार महिना बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन नहुँदा निर्माण सामग्री ढुवानी गर्न पाएका थिएनौँ,’ उहाँले भन्नुभयो, ‘मौसमको अनुकूलता हेरेर पनि मजदुर, प्राविधिक, आयोजना कार्यालय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको साथसहयोगले निर्धारित सयममै पुल बनाउन सफल भयौँ।’
पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १३ वटा निर्माण सकिएको छ। थासाङ गाउँपालिकाको कैह्कु र कोवाङ खोलामा थप दुईवटा मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको इञ्जिनियर चापागाईँले बताए।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















