सरकारी संरचना जलाएर ध्वस्त पार्नेलाई कारबाही गर्न नेविसंघ बाजुराको माग

उमेश रोकाया


बाजुरा , असोज ३१ । नेपाल विद्यार्थी संघ बाजुराले भदौ २३ र २४ गते काठमाडौं सहित देशभर भएको भ्रष्टाचार लगायतको विषयको आन्दोलनमा तोडफोड र आगजनीका घटनामा संलग्न रहेका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको छ ।
नेविसंघको केन्द्रीय सर्कुलर अनुसार नेविसंघ बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल मार्फत अन्तरिम सरकारसंग सरकारी संरचना र पार्टीका नेताहरुको घर जलाएर ध्वस्त पार्नेलाई कारबाही गर्न माग सहित ज्ञापन पत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक थापाले बताएका छन् ।
आन्दोलनका नाममा सरकारी सम्पत्ति जलाएर ध्वस्त पारिएको र राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सहितका सरकारी संरचना ध्वस्त पार्नेलाई पक्राउ गरी कारबाही गर्न भनिएको छ । नेविसंघ बाजुराले ६ बुँदे माग सहित जेन-जी आन्दोलनमा भएका संरचनाहरु ध्वस्त पार्नु र सांघातिक रुपमा पार्टीका नेताहरु माथि सुनियोजित रुपमा आक्रमण हुनु निन्दनीय कार्य भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
शुक्रबार नेविसंघ बाजुराका अध्यक्ष थापा सहितको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव बलबहादुर खड्का, नेविसंघ नेता वीरेन्द्र अयडी लगायत लगायतको पनि सहभागीता रहेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















