आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

नवलपुर टुडे


काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ। शुक्रबार सामोआलाई १२४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै नेपालले उपाधि हात पारेको हो। नेपाल छनोट चरणमा अपराजित रहने एकमात्र टोली बन्यो ।
नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछाएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८७ रनमात्र बनाउन सक्यो । सामोआका लागि सिन सोलाई सार्वधिक ४० रन बनाए। नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि सामोअले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरिले अर्धशतक प्रहार गरेका थिए। आईसीसी टी–२० विश्वकप एसिया छनोटबाट नेपालसँगै ओमान र युएईले पनि विश्वकपमा आफ्नो स्थान बनाएका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















