कोल्टीमा दुई सातादेखि अवरुद्ध विद्युत सञ्चालन

उमेश रोकाया


बाजुरा , असोज २७ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका -२ कोल्टी बजारमा दुई हप्ता देखि अवरुद्ध भएको विद्युत सञ्चालनमा आएको छ । दशै टिकाको दिन गतेदेखि अवरुद्ध बड्डिगाड जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याएको हो ।
बुढिनन्दा नगरपालिका विशेष सहयोगमा दुई सातादेखि अध्यारो कोल्टी र गाउँ बस्ती अहिले उज्यालोमा बसेका छन । बिग्रेको ठाउँमा मर्मत गराएर आज बल्ल विद्युत मर्मत गर्ने काम सम्पन्न गरे संगै कोल्टी बजार र गाउँमा बिजुली झिल्लीमिली भएको बुढिनन्दा नगरपालिका प्रवक्ता जंगवीर रोकायाले बताउनुभयो ।
अविरल वर्षाले गर्दा विद्युतको नहर भत्किएको हुँदा स्थानीय अध्यारो बस्न पर्ने अवस्था भएको हो । अवरुद्ध भएको ठाउँ – ठाउँमा आफू सहित युवाहरू लगाएर काम गराइरहेको हो । आज बजारका व्यवसायी विद्युत पुनः सञ्चालनमा ल्याउदा खुशी व्यक्त गरेका छन । केही कारणले विद्युत अवरुद्ध हुन सक्छ ।
त्यसको लागी सिङ्गो नगरपालिका लागिरहेको छ । विगत जेसुकै भयो आउँदा दिनहरूमा जनता हकहितका लागि आफ्नो कदम कहिल्यै पछाडी नहट्ने बाचा गरेको बुढिनन्दा नगरपालिका प्रवक्ता रोकायाले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















