देखतभूली स्वास्थ्य चौकीमा घरमै सुत्केरी हुने शून्य

रासस
२०८२ अशोज २७ | बिहान ०८:०६ बजे

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौबीस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य भएको छ । सुरक्षित सुत्केरीका लागि महिलाहरू बर्थिङ सेन्टर पुग्न थालेपछि यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ ।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय भद्रभलादमीको अथक प्रयासले घरमै सुत्केरी हुने चलन समाप्त भएको प्रमुख झाले बताए । उनले यसबाट सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।


















