घर आँगनकै फूलबाट नगद आर्जन गर्दै स्थानीय

रासस


महोत्तरी, असोज २७। तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ ।फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् । “के छन् र त्यही ५० जति सयपत्रीका बोट होलान् घर वरिपरी, ब्यापारीले अहिले नै एक हजार बैना थमाएर गए”, भङ्गाहा–५ राजपुरकी गृहिणी हरिप्रिया महतो भन्नुहुन्छ, “हैन, यो पूmल दिपावलीताका फुल्ने गरी लगाउने हो भने त राम्रै आम्दानी पो हुने रहेछ ।”
मिथिलामा दीपावली थरिथरिका फूलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ । यस पर्वमा मैथिल परम्पराका कागपूजा, लक्ष्मीपूजा, गोधन र भैयादुजसम्मका लागि चाहिने मालाको माग बढ्दै गएपछि फूल आम्दानीको स्रोत बनेको हो । पर्वअघि फूल खोज्दै बस्ती÷बस्ती पस्ने ब्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि हम्मेसी पैसा नपर्ने स्थानीय हौसिएका छन् ।
जिल्लामा फूलको व्यावसायिक खेती विस्तार धेरै नभएपनि अब यस्को सम्भावना रहेको कृषि विज्ञ बताउँछन् । दिपावली, छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चना तथा सभा समारोहलाई लक्षित गरी व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा भरपर्दो आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतो बताउनुहुन्छ ।

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
अरुपनि पढ्नुहोस
सबै
१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
















