Opens in a new tab

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन्। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ । नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ ।

गएराति कालरात्रिमासमेत पशु बलि दिइएको हो । यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे