राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा

नवलपुर टुडे


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान् चाड बडादसैँअन्तर्गत नवरात्रिको नवौँ दिन नवकन्याको पूजा गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार (असोज १५) उनले महानवमीको शुभ अवसरमा नवकन्याको पूजा गरेका हुन् । त्यसक्रममा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरे ।
नवकन्याहरू नक्सालस्थित बालमन्दिरबाट ल्याइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गाभगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको प्रतिनिधि मान्दै नवकन्याको पूजा गर्ने गरिन्छ ।
राष्ट्रपति पौडेलले परम्परालाई निरन्तरता दिएका हुन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















