वेस्ट इन्डिजसँगको अन्तिम खेलमा नेपाल १० विकेटले पराजित

नवलपुर टुडे


काठमाडौं । युनिटी कप टी–२० क्रिकेट शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
जितका लागि १२३ रनको सामान्य लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाएर लक्ष्य भेटायो । वेस्ट इन्डिजको जितमा अमिर जांगोले ४५ र अकिम अगस्टेले ४१ रन बनाए । वेस्ट इन्डिजले अतिरिक्त आठ रन पाएको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रनको योगदान गरे । सन्दीप जोराले १४ रन बनाए । बाँकी कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय स्कोर बनाउन सकेनन् ।
वेस्ट इन्डिजका बलरले उत्कृष्ट प्रदर्शन गरे । तीव्र गतिका बलर रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे । उनले चार विकेट लिए । जेडिया ब्लेड्सले २ विकेट लिए । जेसन होल्डर र स्पिनर अकिल होसेन दुवैले एक–एक विकेट लिए ।
आजको खेलमा पराजित भए पनि वेस्ट इन्डिजविरुद्धको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितिसकेको छ । नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रनले हराएको थियो । दोस्रो खेलमा नेपाल ९० रनको सानदार जित निकालेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















