मर्यादित र सभ्यपूर्वक चाडपर्व मनाउन आग्रह

रासस


गण्डकी, असोज १३। ‘जेनजी’ प्रदर्शनका कारण सिर्जित मुलुकको पछिल्लो परिस्थितिबीच शान्ति र सुव्यवस्था कायम राख्दै अनुशासित, मर्यादित र सभ्य तबरले चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणमा अनुरोध गरेको छ ।कार्यालयले सार्वजनिक सूचनामार्फत चाडपर्वका समयमा चोरी, डकैती र लुटपाटका घटना हुनसक्ने भन्दै त्यसतर्फ उच्च सावधानी अपनाउन र कतै शङ्कास्पद गतिविधि देखिएमा स्थानीय जनप्रतिनिधि, प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला सुरक्षा समितिमार्फत जिल्लामा सवारी आवागमन र यात्रु सहजताको अनुगमन पनि भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले पनि यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कुकुरसहित जाँच, पैदलगस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ, बजार अनुगमनलगायत कार्य गरिरहेको छ । दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी प्रहरीले जिल्लामा ‘चाडपर्व विशेष सुरक्षा योजना(२०८२’ लागू गरेको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















