दसैँ सुरु भएपछि गाउँमा चहलपहल बढ्यो

रासस


ढोरपाटन (बागलुङ), असोज १३। दुई साता अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र सुनसान थिए । बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ । रोजगार, पढाइ र अन्य कामले सहरबजार र विदेश गएका गाउँ फर्किन थालेपछि यतिबेला गाउँमा दसैँको रौनक छाएको छ ।
सयौँ पशुपाल्ने किसान पनि चाडपर्व मानाउन लेकबाट बेँसीतर्फ झरेका छन् । चाडबाडका बेला यात्रालाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयले चार स्थानमा यात्रु सहायता कक्ष निर्माण गरेको छ । बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गा, बागलुङ बजार, हटिया र बुर्तिबाङ बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार दैनिक आठ हजार ५०० को सङ्ख्यामा जिल्ला भित्रिने र तीन हजार यतत्रु बाहिरिने गरेका छन् । उहाँले भन्नुभयो, “दसैँको घटस्थापना सुरु भएदेखि जिल्ला भित्रिनेको चाप बढिरहेको छ, बाहिरिने सङ्ख्या कम छ, कोही पनि नागरिक चाडबाड मनाउन गाउँ जाँदा यात्रामा कुनै समस्या नहोस् भनेर ठाउँठाउँ यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, यसले उहाँहरूलाई सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
यतिबेला गाउँघरमा सबैको जमघट हुनुका साथै दसैँ, तिहारको रौनक बढेको गलकोट नगरपालिका–५ का प्रेमबहादुर खत्रीले बताउनुभयो । स्वदेशमा कुनै रोजगार नहुँदा धेरै युवा विदेशिनु परेको भन्दै दसैँ, तिहारलगायत चाडपर्वमा अधिकांश युवा गाउँ फर्किने गरेका उहाँको भनाइ छ । गाउँमा रोजगारीको अवसर नहुँदा बागलुङका अधिकांश युवाहरू काठमाडौँ, पोखरा र विभिन्न विदेशी मुलुकमा जाने गरेका छन् ।
“केही दिन अगाडिसम्म गाउँ सुनासन थियो, अहिले बर्खा पनि राकिँदै गयो, सहर, बजार र विदेशबाट पनि गाउँलेहरू धमाधम गाउँ फर्किन थालेपछि धेरै रमाइलो हुन थालेको छ”, उहाँले भन्नुभयो, “पहिले गाउँ सधैँ रमाइलो हुन्थ्यो, किनकी गाउँमा मान्छेहरू धेरै हुन्थे । पछिल्लो समय युवा पढाइ, रोजगारीको लागि बाहिरिन थाले, कतिपय बसाइँसराइ गरी सहर, बजार पस्न थाले । गाउँ सुनसान नै थियो, दसै आएसँगै चहलपहल बढेको छ ।”
चाडपर्व मनाउन गाउँ आएका तिहार पछाडि सहर, बजार र विदेश फर्किने छन् । गाउँमा बस्नेहरूलाई भने चाडपर्वसँगै मकै र आलु भित्र्याउने हतार पनि छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















