पाल्पामा इलेक्ट्रिक भ्यान दुर्घटनामा १३ यात्रु घाइते

नवलपुर टुडे


पाल्पा । तानसेन–रिडी गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, देउराली अर्गलीमा भएको इलेक्ट्रिक भ्यान दुर्घटनामा १३ जना घाइते भएका छन् । बुटवलदेखि गुल्मीको जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ७९५७ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको रातो प्लेटको भ्यान दुर्घटनामा घाइते भएका ८ जनाको रुरु स्वास्थ्य चौकी रिडीमा उपचार गरिएको छ । पाँच जनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनाग्रस्त भ्यान सडकदेखि ५० मिटर तल पल्टिएको छ ।
सवारी साधन घटनास्थलमै रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए । दसैं मनाउन घर फर्किने यात्रुहरुले रातो प्लेटको भ्यान रिजर्भमा ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















