दसैँलाई लक्षित गरी टोलमा पुगेर भत्ता वितरण

रासस


तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले वडाामा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए । पालिकाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाको विभिन्न ठाउँमा पुगेर वितरण गरेको उनले बताए ।
तिमिल्सिनाले भने, “सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकका कर्मचारी खटिनुभएको छ । यसले गर्दा ज्येष्ठ नागरिकलाई बैंकसम्म आउनुपर्ने बाध्यता हटेको छ ।” ज्येष्ठ नागरिकलाई बजारसम्म झरेर बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले घरटोलबाट वितरण गर्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उल्लेख गरे ।
गाउँपालिकाले विभिन्न बैंकमार्फत ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण गर्दै आएको हो ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















