पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने

रासस


काठमाडौँ, असोज १२। राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय दसैँ बिदामा खुला रहने बताउनुभयो ।
आयोगले मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोग सबैमा अनुरोध गरेको छ ।सार्वजनिक बिदा तथा चाडपर्वका समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना गर्न आयोगले भनेको छ ।
“चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गर्दछ”, आयोगले भनेको छ, “साथै, सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।“

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















