सुमनाले भनिन- नयाँ मालिकको दास बन्न राजनीतिमा आएको होइन

नवलपुर टुडे


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले पार्टी नेतृत्व व्यक्तिवादमा फसेको र अवसरवादी चरित्र देखिएको आरोप लगाएकी छन्। शनिबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले आफूमाथि फैलाइएका भ्रमको खण्डन गर्दै पार्टीभित्रकै इमानदार कार्यकर्तालाई पाँचवटा यक्ष प्रश्न सोधिन्।
‘तीन ठूला दलका टाउकेहरूलाई चोर औंला देखाउँदै व्यक्तिवाद हावी भयो भन्दा बाँकी चारवटा औंला आफैंतिर फर्किन्छ कि फर्किँदैन ?’ उनले प्रश्न गरिन्, ‘त्यही प्रवृत्तिलाई मलजल दिएर नयाँ केपी, नयाँ शेरबहादुर, नयाँ प्रचण्ड बनाउन लाग्नु अवसरवाद हो कि होइन ?’ उनले पार्टीभित्रको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्नु ‘हुतिहारापन’ नभएको जिकिर गरिन्।
पार्टीले गल्ती स्वीकार गरे पनि कसैलाई कारबाही नगर्ने र आचरणमा सुधार नगर्ने हो भने कुन नैतिक धरातलमा बसेर पुराना दलको विरोध गर्ने भनेर उनले प्रश्न उठाइन्। ‘नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरूलाई कसरी प्रतिप्रश्न गर्ने ? हामी फरक छौं भन्न लज्जाबोध हुँदैन ?’ उनले लेखेकी छिन्।
जेन-जी आन्दोलनमा रास्वपा ‘स्टेकहोल्डर’ नभएको र केवल एक निष्ठावान नागरिकको हैसियतमा सहभागी हुनुपर्नेमा पार्टीले ‘धमिलो पानीमा माछा मार्न’ खोजेको उनको आरोप छ। ‘प्रधानसेनापतिले रास्वपा र दुर्गा प्रसाईं पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हुँ,’ उनले भनिन्, ‘त्यतिबेला जङ्गी अड्डा धाउनु दुर्गा प्रसाईंसँगै उभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो।’
आफूले जङ्गी अड्डा जानबाट रोकेको भनेर पार्टीभित्रैबाट प्रचार गरिनुले नेतृत्वको इमानदारीमाथि प्रश्न उठेको उनको भनाइ छ। ‘हामीलाई सुमनाले लाइभ आएर जङ्गीअड्डा जानबाट रोकि भनेर मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनुभयो ? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभएको हो र ?’ उनले आक्रोश व्यक्त गरिन्। उनले वैकल्पिक राजनीतिमा आएकाहरूलाई आफ्नो उद्देश्यबारे प्रष्ट हुन आग्रह गरिन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















