झुला भाँचिएर फसेका ५६ जनाको उद्दार

रासस


जनकपुर । जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको सो मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो ।नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरुको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरेको हो । विजयादशमीमा महावीर युवा युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधामको सो क्षेत्रमा मेला लाग्ने गरेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले फसेका सबै व्यक्तिहरुको सकुशल उद्धार गरिएको यहाँस्थित नेपाली सेनाले जनाएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















