रेडियो सरगम आजदेखि १०औ बर्षमा प्रवेश शियाराम यादव

नवलपुर टुडे


असोज -१०। रेडियो सरगम ९३ मेगाहर्ज सफलता पुर्वक ९ बर्ष पुरा गरि आजदेखि १० औ बर्षमा प्रवेश गरेका छन्ने। पाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल असोज १० गते बाट आफ्नो नियमित प्रसारणको शुरुवात संगै शेख मिडिया हाउस प्रालि द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज घन्कीन थालेको हो । “हरेक मनको आवाज” सुचना, संगीत र मनोरन्जनका लागि हरपल तपाईको साथ्” भन्ने मुल मर्मका साथ सुरु भएको यस रेडियोले छोटो अवधिमै विश्वभरीका नेपालीहरुको मन जितन सफल भएको रेडियोका अध्यक्ष तथा स्टेसन म्यानेजर फिरोज शेखले बताउनु भयो।
हामीले हरेक प्रस्तुतीलाई जनताको नजरबाट हेर्ने गरेका छौँ भने सकारात्मक र रचनात्मक विषयबस्तु हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् । धेरैले ध्यान दिनु पर्ने वा सिक्नु पर्ने तर वेवास्ता गरिएको विषयलाई खास खबरको रुपमा हरेक दिन पहिलो खवर बनाउने गरेका छौँ । समाचारलाई सन्तुलीत गर्न हरेक समाचारमा अर्को पक्षको प्रतिक्रिया समेट्ने हाम्रो आधारभूत समाचार शैली नै हो । कुनै दलिय झुकाब नदेखियोस् भन्ने तर्फ हामी अत्यन्त सतर्क छौँ ।
व्यवसायीकता र निष्पक्षताबाट हामी विचलित भएनौ र आगामी दिनमा पनि हुनेछैनौअझ शसक्त, जिम्मेबार र निष्पक्ष प्रस्तुतीमा खरो उत्रिने प्रतिबद्धता सहित सवै श्रोता र सहयोगीहरुको साथ र सहयोगको अपेक्षा गर्दै स्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय,ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीत संगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने छौ।
रेडियोमा कार्यरत रेडियोका सदस्य तथा पदाधिकारी,बिज्ञापन दाता, देश तथा विदेशमा रहनु भएका स्रोता ,कर्मचारी, सहयोगीहातहरु , विभिन्न संघसंस्थाहरु, जेंजी पुस्ता,राजनीतिकदल,समाजसेवी, बुद्धिजीवी ,संचारकर्मी,अधिकारकर्मी,सल्लाहकार संगै सम्पूर्ण शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गर्दै ” छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग संगै भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अतुल्य योगदान पुयाउने रेडियोका अध्यक्ष शेखले प्रतिवध्ता जनाएका छन्।
रेडियो सरगमले विहान ४ः३० बजे देखि राति ११ बजे सम्म निरन्तर दैनिक प्रसारण दिदै आइरहेको यस क्षेत्रको एक मात्र रेडियो स्टेशन हो। यस रेडियोको प्रशारण क्षमता ५०० वाट रहेको छ। रेडियो सरगम अहिले फेसबुक , टिकटोक ,अनलाइन हम्रो पात्रो बाट पनि आफ्नो सेवा दिरहेका छन्।

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण
















