सुनसरी सीमा नाकामा सशस्त्र प्रहरीले ४ ओटा सहायता कक्ष अर्थात् हेल्प डेस्क स्थापना
देवराजा यादव


सुनसरी । सीमा नाकामा सहायता कक्ष अर्थात् हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ लागु गरेको हो । विगतमा चाडपर्वका बेला धेरै अपराधका घटना हुने भएकाले दसैँ, तिहार र छठ पर्वसम्मका लागि सुरक्षा कार्ययोजना लागु गरिएको सशस्त्र प्रहरी सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताए । सुनसरीमा ४ वटा स्थापना गरिएको थापाले जानकारी दिनुभयो ।
चाडपर्वका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने नागरिकलाई सहज र सुरक्षित ढङ्गबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने उदेश्यले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष राखिएको उहाँको भनाइ छ ।
सुरक्षासँगै, सीमा क्षेत्रमा हुने अबैध गतिविधि, चोरीडकैती, लुटपाट जस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क महत्वपूर्ण हुने अपेक्षा गरिएको भण्टाटाबारीका डिएसपी केदार जंग थापाले बताउनुभयो ।
उहाँका अनुसार सुनसरी जिल्लाको कोशी गाऊपालिका ८ तिनकुने नाका र देवानगंज गा.पा. ४ कौवाखोज स्थित भन्सार नाका र कोशी गापा १ लौकही स्थित भन्सार नाका र हरिनगर गा.पा. ५ सिसुवा धरमपुर नाका लगायत ४ ठाउँमा सहायता कक्ष स्थापना गरिएको बताए।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















