Opens in a new tab

सुनसरीको बराहक्षेत्रबाट १० केजी गाँजा बरामद

देवराजा यादव

29Shares
dida bag ad

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–१, रानी खोलास्थित क्षेत्रमा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा राति करिब १२ः२० बजेतिर रानी खोलाको छेउमा चेकजाँच गर्दा झाडीभित्र बोरामा प्याक गरी लुकाइ–छिपाइ राखिएको अवस्थामा करिब १० केजी गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा लगिएको प्रहरीले जनाएको छ। लागूऔषध कसले, कहाँबाट ल्याइयो भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ।