दाइजोको निहुँमा पतिको आक्रमण, भारतमा नेपाली चेलीको मृत्यु

एजेन्सी


काठमाडौँ । दाइजोको निहुँमा पतिले आक्रमण गर्दा भारतमा एक नेपाली चेलीको मृत्यु भएको छ ।बिहार राज्यको दरभंगास्थित नेहरा थाना अन्तर्गतको क्षेत्रमा सो घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नेपालको जनकुमारधाम माइत भएकी ३० वर्षीय तुलसीलाई उनकै पति रजनीश ठाकुरले दाइजोको नल्याएको निहुँमा कुटपिट गरेका थिए ।
रजनीशले तुलसीको टाउकोमा फलामको रड र घाँटीमा छुरा प्रहार गरी गम्भीर घाइते तुल्याएपछि उपचारका लागि मधुवनीको रामशीला अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।मृतकका पिता पवन ठाकुरको उजुरीका आधारमा भारतीय प्रहरीले रजनीशलाई पक्राउ गरेको छ । रजनीशका परिवारका अन्य सदस्य भने सो घटनापछि फरार भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मृतकका पिता पवन ठाकुरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार तुलसीलाई उनका पति र सासु–ससुरा मिलेर निरन्तर यातना दिँदै आएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















