Opens in a new tab

सिराहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी सेवा सुरु हुन सकेन

रासस

29Shares
dida bag ad

सिराहा । जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशः सञ्चालन हुँदै गएको छ । कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः सुरु गरेको छ ।कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याइएको हो । तर, राहदानी सेवा भने अझै सुरु हुन सकेको छैन । प्रदर्शनका क्रममा राहदानी सेवाको ‘स्क्यानर मेसिन’ र क्यामेरा फुटाइएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म राहदानी सेवा बन्द नै रहने कार्यालयले जनाएको छ ।

‘केही दिनमा नै काठमाडौबाट नयाँ उपकरण आउनेछ, त्यसपछि राहदानी सेवा पनि सुरु गर्नेछौँ,’ प्रमुख खनालले बताए । यसअघि कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा पुनः सुरु गरिसकेको थियो ।सेवा सञ्चालन गर्न कार्यालय मर्मत–सम्भारको काम समेत क्रमशः अगाडि बढाइरहेको छ । प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब रु १५ लाख बराबरको क्षति पुगेको छ ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे