संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा सदैव क्रियाशील रहन्छः राष्ट्रियसभा अध्यक्ष दाहाल

रासस


काठमाडौँ, असोज ३ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने विश्वास दिलाउनुभएको छ । उहाँले संविधान दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सैबलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष हादालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको पनि उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “यस अवसरमा देशको परिवर्तन र संविधानसभाबाट अग्रगामी संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते, अपाङ्गता भएका व्यक्तिप्रति उच्च सम्मान व्यक्त गर्दछु”, विसं २०७२ असोज ३ गते जनताबाट निर्वाचित प्रतिनिधि रहेको संविधानसभाले नेपालको संविधान जारी गरेको थियो । सोही दिनको सम्मान र स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवसलाई गौरव र उत्सवका रूपमा मनाउने गरिएको छ । रासस

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















