काँग्रेस बाजुराले मनायो संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस

उमेश रोकाया


बाजुरा , असोज २ । नेपाली काँग्रेस बाजुराले नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाएको छ । दिवसको अवसरमा काँग्रेस बाजुराले विपि स्मृती भवनमा गणेशमान सिंहको शालिकमा माल्यार्पण गरि दिवस मनाईको हो ।
उहाँको सम्झनामा काँग्रेस बाजुराका सभापती रामसिंह रावल, उपसभापती पदम बडुवाल, काँग्रेस प्रदेश समिती सदस्य तथा प्रचार,प्रसार विभाग प्रमुख धनराज पण्डित,काँग्रेस बडीमालिका नगरसभापती गोपाल कार्की लगायतले शालिकमा माल्यार्पण गर्नुभएको हो ।
उहाँको स्मृतीमा पार्टीका नेता तथा कार्यकर्ता,भातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्र्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ ।
१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहले ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अफर पनि अस्वीकार गरेका थिए ।
१९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















