सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

रासस

सारांश
काठमाडौँ, असोज २ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भएको नयाँ बानेश्वरस्थित संसद् भवनको आज निरीक्षण गर्नु भएको छ ।
निरीक्षण पश्चात् सञ्चारकर्मीसँग सभामुख घिमिरेले जनधनको क्षति हुने घटना भएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यलाई सबै नेपाली जनताले उठाउनुपर्छ ।” त्यसैगरी उहाँले अन्तरिम सरकारले वर्तमान समस्या समाधान गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपालको संविधानको धारा ९१ (६) (क)अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाको सभामुख र उपसभामुख प्रतिनिधि सभाको लागि हुने अर्को निर्वाचनको उम्मेद्वारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने उल्लेख छ ।

सप्तरी र सिरहाबाट ७० हजार बराबरको पटका बरामद

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
अरुपनि पढ्नुहोस
सबै
बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको चाप उच्च

पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

बूढीगण्डकी बाढी : ५८ परिवार होल्डिङ सेन्टरमा, सामूहिक भान्सा सञ्चालन

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता















