राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुतामा योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा केही अन्य समुदायका महिलाहरूले आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता र शान्तिको कामना गर्दै भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै मनाउने गरिन्छ। आश्विन कृष्णपक्षको अष्टमी तिथिमा महिलाहरू कठोर उपवास बस्दै शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ।
उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त नेपालमा मौलिक पर्वहरूले आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम कायम गर्दै महिलाप्रतिको श्रद्धा तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याइरहेको बताए। राष्ट्रपति पौडेलले सन्देश मार्फत भनेका छन्, “नेपाली मौलिक सांस्कृतिक सम्पदाको संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण निर्माण गर्न र सदाचारयुक्त जीवनशैली अपनाउन यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक छ।”


झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















