Opens in a new tab

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए । 

जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । जेनजी आन्दोलनका क्रममा मुलुकभर ५१ जनाको निधन भएको छ ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे