जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै

रासस


जनकपुरधाम । जेनजीको प्रदर्शन तथा आन्दोलनका कारण तनावग्रस्त रहेको मधेस प्रदेशको राजधानी जनकपुरसहित धनुषाको जनजीवन सामान्य बन्दै गएको छ । साथै सुरक्षा व्यवस्थामा क्रमिक सुधार हुँदै गएको छ ।आजदेखि जनकपुरधामको बजारका पसल खुल्न थालेका छन् । साथै बजारमा किनमेलका लागि चहलपहल बढेको छ । जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्नेको सङ्ख्या बढ्दै गएको त्यहाँका पुजारीले जनाएका छन् । साथै बजारमा सरकारी गाडीबाहेक निजी तथा भाडाका ठुला र साना सवारीसाधन चल्न थालेका छन् ।
आन्दोलनकारीबाट तोडफोड तथा आगजनी भएका जिल्ला प्रशासन कार्यालय धनुषासहित सरकारी कार्यालय तथा सार्वजनिक भवन एवं मधेस प्रदेश भवनअन्तर्गत रहेका प्रदेश मन्त्रालयका भवनको सरसफाइ भइरहेको छ ।
सार्वजनिकस्थल तथा सार्वजनिक कार्यालयमा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा खटिएका छन् ।
जेनजीको आन्दोलनमा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा सार्वजनिक र राजनीतिक दलका नेता तथा पार्टीका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















