सुनसरीसंग जोडिएका नेपाल-भारत सीमा बन्द, सिमा नाकामा सशस्त्र प्रहरी तैनाथ
देवराजा यादव


सुनसरी। जेन-जीको आन्दोलनका क्रममा सुनसरी जिल्ला लगायत देशभर रहेका कारागारबाट फरार भएका कैदी प्रवेश नगरुन् भन्दै नेपाल-भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको छ।
भारतीय सुरक्षा बल एसएसबीले नेपाल-भारत सीमामा कडाइ गरेको छ। भने सुनसरी संग जोडिएका नेपाल-भारत सिमा नाका समेत बन्द गरिएको सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । थापाले भने हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ ।
भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ’, उनले भने, ‘नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।’सुरक्षा स्रोतका अनुसार पाकिस्तानी र बंगलादेशी कैदीबन्दी समेत फरार भएकाले भारतमा सुरक्षा कडा पार्दै कडा निगरानी राखिएको हो।
अहिले देशका अधिकांश नेपाल-भारत सीमाना पूर्णरुपमा बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । सेनाले लगाएको देशभरको कर्फ्यू जारी रहेको छ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















