Opens in a new tab

पूर्वप्रधानन्यायाधीश कार्की र सेनाप्रमुख सिग्देल भेटपछि राष्ट्रपति पौडेलसँग छलफल हुने

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । जेनजीका प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अन्तरिम सरकार प्रमुखका लागि प्रस्ताव गरेपछि बिहीबार बिहान प्रधानसेनापति अशोकराज सिग्देलसँग उनले भेट गर्ने भएकी छन्। कार्की र सिग्देलको भेटपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीका प्रतिनिधिहरूको उपस्थितिमा वार्ता हुने स्रोतले जानकारी दिएको छ।

जेनजी प्रतिनिधिहरूको उपस्थितिमा कार्की र सिग्देलबीच केहीबेरमा भेट हुने एक जेनजी प्रतिनिधिले जानकारी दिए। काठमाडौँ महानगर प्रमुख बालेन शाहले पनि कार्कीलाई समर्थन गरिसकेका छन्। सेना प्रमुखले संक्रमणकालीन अवस्थाको निकास चाँडो निकाल्न बिहीबार चाँडै वार्ता गर्ने तयारी गरेको बुझिएको छ।

जेनजीका अधिकांश प्रतिनिधिहरूले बुधबार मतदानद्वारा पूर्वप्रधान न्यायाधीश कार्कीको नाम अन्तरिम सरकार प्रमुखका रूपमा छानेका थिए।

 

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

२०८३ कार्तिक १७ | बिहान ११:०७ बजे