सर्वमान्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार, ६ महिनाभित्र निर्वाचन गराऔँ: जेनजी

नवलपुर टुडे


काठमाडौं । आन्दोलनकर्ता जेनजी युवा विद्यार्थीले निष्पक्ष, निर्विवादित र सर्वमान्य व्यक्तिको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवा विद्यार्थीले अपिल जारी गर्दै राज्यको निकायमा भएका वा कुनै पनि तहको जनप्रतिनिधिलाई अन्तरिम नागरिक सरकारमा सहभागी गराउन नपाइने बताएका छन् ।
“अहिले संसद्मा भएका पार्टीहरू पनि सहभागी बन्न पाउने छैनन् । सहमतिबाट जेनजी समूहका प्रतिनिधि पनि सहभागी बनाउनुपर्नेछ,” अपिलमा उल्लेख छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थासहित निर्वाचन ६ महिनाभित्र गराउनुपर्ने बताएका छन् । जसमा विज्ञसहितको मन्त्रिमण्डल, कानुन निर्माणका लागि जननिर्वाचित प्रतिनिधिसभा हुनुपर्ने अपिलमा उल्लेख गरेका छन् ।
विसं. २०४६ यता राज्यको सेवासुविधा लिने सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली नागरिक आयोगको गठन गरी अपचलित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ,” अपिलमा उल्लेख छ, “देशलाई आगामी दिशानिर्देश गर्न उच्चस्तरीय र निर्विवादित सर्वपक्षीय व्यक्ति वा समूह र जेनजी समूहको प्रतिनिधिसहित उच्चस्तरीय नागरिक संयन्त्रको निर्माण गर्नुपर्नेछ ।”
जेनजीको आन्दोलनमा प्रतिगामी शक्ति, संसद्वादी दल र सरकारमै भएका दलका कार्यकर्ता, लोकप्रियतावादीहरू र नेपाललाई पराधीन बनाइराख्न खोज्ने शक्तिले नेपाली युवा विद्यार्थी र आमजनताको आक्रोशको भरपुर दुरुपयोग गरेको अपिलमा उल्लेख छ । अब देशलाई खरानीकै जगमा उठाउनुपर्ने अपिलमा बताइएको छ । वार्तामा कुनै एउटा समूह वा अमुक व्यक्तिलाई मात्रै नभएर सबै जेन जी समूहरूको सर्वसहमतिमा वार्ताअगाडि बढाउन अपिल गरिएको छ । 

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















