भिमफेदी कारागारबाट २६० कैदी भागे

नवलपुर टुडे


हेटौँडा । मकवानपुरको भिमफेदी कारागारबाट गएराति २६० कैदीबन्दी भागेका छन् । भीमफेदीका कैदीबन्दी मध्यरातमा सुरक्षा घेरा तोडेर भागेका हुन् । कैदीबन्दी भाग्न थालेपछि कारागारमा तनावको स्थिति सिर्जना भएको थियो । कारागारको पर्खाल तोडेर भाग्न खोज्ने क्रममा नेपाली सेनाले २०० बढी हवाई फायर गरेको थियो ।
जेलर सुवास पौडेलका अनुसार घटनापछि कारागारमा ठूलो क्षति पुगेको छ। उनका अनुसार, गएराति करिब १२:२५ बजे कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले सिलाइकटाइ मेसिन रहेको कोठाको गेटको बार ह्याक्सो ब्लेडले काटेर भाग्ने प्रयास गरेका थिए। सिसिटिभी फुटेजबाट घटनाबारे थाहा पाएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको उनले बताए । कैदीबन्दीहरूले होहल्ला र तोडफोड गरेका थिए।
सो क्रममा कैदी र सुरक्षाकर्मीबीच झडप समेत भएको र स्थितिलाई नियन्त्रणमा लिन सेनाले २०० राउन्ड हवाई फायर र ७ राउन्ड अश्रुग्यास प्रहार गरेको उनले बताए । जवाफी कारबाहीमा भाग्न खोजेका कैदी जंगबहादुर नारायणजंगको खुट्टामा गोली लागेको उनले बताए । उनलाई बिहान ४ बजे उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
भाग्ने प्रयासमा रहेका संलग्न अन्य कैदीहरूलाई भने सुरक्षाकर्मीले बिहान २:३० बजेसम्ममा पूर्ण रूपमा नियन्त्रणमा लिएर सम्बन्धित ब्लकमा फिर्ता गरेको थियो। झडपका क्रममा कैदीहरूले कारागार प्रशासनको कार्यालय भवन तथा आवासमा आगजनी र तोडफोड गरेका छन्। आगजनीबाट कार्यालयका महत्त्वपूर्ण अभिलेख, कम्प्युटर, फर्निचर लगायतका सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका छन्।
साथै, प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा पनि तोडफोड भएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















