चुम्लिङटारमा बोलेरो दुर्घटना, २३ जना घाइते

नवलपुर टुडे


मुग्लिन,भदौ २१। चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटना हुँदा २३ जना घाइते भएका छन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट रुप्लाङतर्फ गइरहेको सामान बोक्ने लु.प्र. १–००१ च १४५५ नम्वरको बोलेरो शुक्रबार साँझ आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
घाइते २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना उपचार पश्चात घर फर्किएका छन । यात्रुले ग्रामिण सडकमा सामान बोक्ने बोलेरो गाडीको पछाडि उभिएर यात्रा गरिरहेका थिए । गाडी सडकबाट १५ मिटर तल खसेको थियो ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















