कैलाली प्रहरीले खैरो हेरोइनसहित २ जना पक्राउ

नवलपुर टुडे


कैलाली । कैलाली प्रहरीले ९ ग्राम २३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–०१ बिजौराका २७ वर्षीय राजु चौधरी र टीकापुर नगरपालिका–०६ नारायणपुरका ४१ वर्षीय नारायण डगौरा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–०१ बिजौरास्थित माछा पोखरी नजिक चेकजाँच गर्ने क्रममा से.३ प ५१४१ नम्बरको मोटरसाइकलको भाइजर मुनी टी–गार्डको प्वालभित्र लुकाइ राखिएको अवस्थामा चौधरीको साथबाट ९ ग्राम खैरो हेरोइन फेला परेको थियो ।
त्यस्तै, इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले टीकापुर नगरपालिका–०६ नारायणपुर चोकमा पैदल हिँडिरहेका डगौरालाई शङ्का लागि चेकजाँच गर्दा मुखमा लुकाइ राखेको २३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















