यी दुई प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे


काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । “काठमाडौंमा आज बदली हुनेछ । १२ बजेपछि हल्का वर्षाको सम्भावना छ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “दिउँसो र राति नै काठमाडौं बदली भएर हल्का वर्षाको सम्भावना छ ।”
आज सुदूरपश्चिममा भने तुलनात्मक रूपमा धेरै वर्षाको सम्भावना रहेको उनले बताइन् । “सुदूरपश्चिममा आज धेरै वर्षाको सम्भावना छ । हिजो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा मापन भएको छ,” मौसमविद् मानन्धरले भनिन् ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । सुदूरपश्चिम प्रदेशका केही स्थान, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई क्षेत्रका एकदुई स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा छ । अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको विभागले बताएको छ ।

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















