बुटवलमा प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

नवलपुर टुडे


बुटवल । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बुटवल आएका छन् । बुटवलस्थित शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा सहभागी हुन प्रचण्ड बुटवल पुगेका हुन् ।
कार्यक्रममा उनले स्व. रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् । सोही अवसरमा प्रचण्डले ‘टंकमणिः एक क्रान्तिविज’ नामक पुस्तकको विमोचन समेत गरेका छन् । माओवादीले शुरू गरेको सशस्त्र विद्रोहको शुरूवातदेखि नै भूमिगत रहेर काम गरेका बञ्जाडेले २०७८ साल मंसिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए । बञ्जाडे त्यसबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य र रुपन्देही जिल्लाको इन्चार्जको जिम्मेवारीमा थिए ।
पार्टी र जनआन्दोलनका क्रममा दिएको योगदानको स्मरण स्वरूप माओवादी केन्द्र रुपन्देहीले उनको शालिक निर्माण गरेको हो । यस्तै, आइतबार नै प्रचण्ड माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी बैठकमा सहभागी हुने कार्यतालिका रहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















