एनआरएनए एनसीसी कतारको नयाँ कार्यसमितिद्वारा नेपाली राजदूतसँग विशेष भेटघाट सम्पन्न

नवलपुर टुडे


शियाराम यादव
कतार, (दोहा) १२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको एघारौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेपाल राजदूतावास कतारमा गएर महामहिम राजदूत रमेश चन्द्र पौडेलसँग विशेष भेटघाट गरेको छ।
नवनिर्वाचित अध्यक्ष पदम गिरीको नेतृत्वमा पुगेको टोलीमा आईसीसी सदस्यहरू, परिषद्का मानार्थ सदस्य तथा पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, पूर्व अध्यक्ष एवं वर्तमान अन्तर्राष्ट्रिय सल्लाहाकार कमलमणि गुरागाईलगायतको सहभागिता रहेको थियो।भेटका क्रममा अध्यक्ष गिरीले संस्थागत एकताको महत्वप्रति जोड दिँदै भने, “हामी प्रतिस्पर्धा गरेर आएका होइनौँ। केन्द्रले देखाएको बाटो पछ्याउँदै संसारभर स्थापित एनसीसीहरू सरह कतारमा पनि अघि बढ्नेछौँ।” साथै, विगतमा दूतावाससँग रहँदै आएको सहकार्यलाई स्मरण गर्दै आगामी दिनमा श्रमिकका समस्या समाधानका क्रममा दूतावासले अझ सहजता प्रदान गरिदिनुपर्नेमा उनले आग्रह गरे।

यस अवसरमा राजदूत पौडेलले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै नेपाली श्रमिकका पक्षमा जिम्मेवार ढंगले काम गर्न प्रेरित गरे। उनले केन्द्रस्तरमा देखिएको विवादका कारण संस्थागत विभाजन हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै भने, “संस्थागत रूपमा विभाजन देखिए पनि मन विभाजन हुनु हुँदैन। सामाजिक कार्यमा सहकार्यको भावना राखियो भने सामाजिक मान्यताको उचाइ अझै बढ्नेछ।”त्यसैगरी भर्खरै सम्पन्न भएको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सम्झौताबारे पनि राजदूत पौडेलले चर्चा गर्दै, उक्त सम्झौता विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूका लागि अत्यन्तै लाभदायक हुने विश्वास व्यक्त गरे।

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता
अरुपनि पढ्नुहोस
सबै
कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन
















