Opens in a new tab

तीन संसदीय समितिको बैठक आज बस्दै

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । सङ्घीय संसद्का तीन वटा समितिको बैठक आज बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन् । यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

 

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे