तीज गीत तथा नृत्य प्रतियोगीतामा आहाना ढकालको समुह प्रथम
पार्बती थारु
२०८२ भदौ ९ | मध्यान्ह ०६:०५ बजे

रुपन्देही, भदौ ९ । रुपन्देहीको तिलोत्तमा ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यामिक विद्यालयमा आज तीज गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आयोजित तीज गीत तथा नृत्य प्रतियोगीतामा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगीतामा १० समुहको सहभागीता रहेकोमा आहाना ढकालको समुह प्रथम, एलिजा रास्कोटीको समुह द्वितीय , नताशा अलिको समुह तृतीय र सामना परियारको समुह सान्त्वाना भएका थिए । सबै लाई विद्यालयका प्रमुख अतिथि तथाविद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापा तथा विद्यालयका सह प्रिन्सिपल पूण्य बहादुर बगाले टिका र कापी प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा श्री पश्चिम पहुनी माध्यामिक विद्यालयका सह प्राध्यापक पूण्य बहादुर वगालेको अध्यक्षता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
स्वागत मन्तव्य विद्यालयका शिक्षक कृष्ण कुमार अधिकारीले राख्नुभएको कार्यक्रमको सन्चालन शिक्षक विन्दु काफ्लेले गर्नुभएको थियो ।


















