Opens in a new tab

विजयनगरम (तिज) काे अवसरमा शुभकामना आदानप्रदान तथा तिज मिलन सम्पन्

धर्मेन्द्र कुमार कुर्मी

29Shares
dida bag ad

 

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे आयाेजनामा महिलाहरुको महान पर्व हरितालिका (तिज) को अवसरमा शुभकामना आदान-प्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार गाउँपालिकाकाे सभाहल खडैचामा भव्यसभ्य रुपमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम भएको हाे । 

 

राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेकाे प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाकाे विशिष्ट आतिथ्यता, अनेम संघकी केन्द्रीय सदस्य शारदा शर्माकाे विशिष्ट आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी थारूकाे अध्यक्षताका शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको हाे ।